दफा ३०
विमा अभिकर्ताको दर्ता
(१) विमा अभिकर्ताको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले संबन्धित बीमकको सिफारिस सहित समितिमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा निवेदकलाई तोकिएको दस्तूर लिई तोकिए बमोजिमको ढाँचामा विमा अभिकर्ताको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले संबन्धित निवेदकलाई दिनु पर्नेछ ।